एनआईसी एशिया बैंकका ठूला सेयरधनीमा २६ व्यक्ति तथा कम्पनी, अग्रवालको बर्चश्व



काठमाडौं । एनआईसी एशिया बैंकको ठूला सेयरधनीमा विभिन्न कम्पनी तथा व्यक्तिसहित २६ जना रहेका छन् ।

२६ ठूला सेयरधनीमा अधिकांश अग्रवाल रहेका छन् । बैंकमा धेरै सेयरहुनेमा अशोक कुमार अग्रवालको ६.२५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०७, जयश्री गोल्छाको २.५४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत, गोविन्दलाल संघईको २.०२ प्रतिशत, विरेन्द्र कुमार संघईको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा अक्षय गोल्यानको १.९४ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवाल १.७८ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९०, कविता संघईको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.८४ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ०.७० प्रतिशत, विशाल अग्रवालको ०.६९ प्रतिशत, शक्ति कुमार गोल्यानको ०.६२ प्रतिशत, अनन्त कु्मार गोल्यानको ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु