सिद्धार्थ बैंकको नयाँ शाखा थानकोटमा

126
Shares

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौं स्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बैंकिङ्ग सेवा एटिएम, पिओ एस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

Skip This