नेप्सेको नाफा १६.४२ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को नाफा १६.४२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कर पछिको नेप्सेको खुद नाफा १ खर्ब ४० करोड ९६ लाख रुपैयाँ थियो ।

आव २०७८/७९ मा समग्र कारोबार रकम घट्न गई कर पछिको खुद नाफा रकम १ अर्ब १७ करोड ८१ लाख रुपैयाँमा सीमित भएको हो । गत आवको तुलनामा नेप्सेको नाफामा १६.४२ प्रतिशतले ह्रास आएको हो ।

आव २०७७/०७८ मा कारोबार रकम १४ खर्ब ५४ अर्ब ४४ करोडमा रहेकोमा आव २०७८/०७९ मा कारोबार रकम १२ खर्ब २ करोड रहेको रहेको नेप्सेले जनाएको छ ।

आव २०७७/०७८ मा नेप्सेको नेट वर्थ प्रति सेयर ६१८.७४ रुपैयाँ रहेको थियो । आव २०७८/०७९ मा नेप्सेको नेट वर्थ प्रति सेयर ६२०.५१ रुपैयाँ छ ।


क्लिकमान्डु