स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश दिने



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २३.१५ लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस २२ र कर प्रयोजनका लागि १.१५ प्रतिशत लाभांश घोषणा गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु