हिमालयन बैंकद्वारा खातामा पैसा जम्मा गर्न र निकाल्न मिल्ने मेसिन सञ्चालन



काठमाडौं । हिमालयन बैंकले आफ्ना ग्राहकहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ ।

हाल बैंकले सातवटा यस्ता मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी रहेको बैंकले जनाएको छ ।

यस मेसिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।

हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ ।


क्लिकमान्डु