युनाइटेड इन्स्योरेन्सले सीईओलाई दियो साढे ५१ लाख बढी तलब भत्ता, सञ्चालकले लिए १२ लाख बढी



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५१ लाख ६३ हजार ५५५ रुपैयाँ तलब भत्ता दिएको छ ।

सीईओलाई साढे ५१ लाख बढी तलब भत्ता दिएको कम्पनीले अध्यक्ष तथा सञ्चालकलाई भत्ता बापत १२ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले अन्य प्रबन्धकलाई १ करोड ७५ लाख ४८ हजार २४३ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको जनाएको छ ।


क्लिकमान्डु