यूनाइटेड इन्स्योरेन्ससहित सात कम्पनीको साधारणसभा आज, कुनले बनाउँदैछ सेयरधनीको हातखाली



काठमाडौं । आज एकैदिन सात वटा कम्पनीको साधारणसभा बस्दैछ ।

हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), यूनाइटेड इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र बोटलर्स नेपाल(बालाजु)को वार्षिक साधारणसभा सम्पन्न हुने भएको हो ।

जसमध्ये ६ वटा कम्पनीको सञ्चालक समितिले सेयरधाीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश अनुमादेन गर्नेछन् । हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), यूनाइटेड इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर र बोटलर्स नेपाल(बालाजु)को लाभांश प्रस्ताव अनुमोदन हुने भएको हो ।

हिमालयन डिष्टिलरीको २२ औँ वार्षिक साधारणसभा पुस २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, पर्सामा बस्दैछ । सभाले ०७८/०७९ को मुनाफाबाट ६० प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बोटलर्स नेपाल (तराई)को ३६ औँ वार्षिक साधारणसभा पुस २७ गते होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्दैछ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ । उक्त सभाले ०७८/०७९ को मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यूनाइटेड इन्स्योरेन्सको २९ औँ वार्षिक साधारणसभा पुस २७ गते अनमोल बैडक्वेट, शंखमुल, काठमाडौंमा बस्दैछ । सभाले ०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरानमा १७ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले आव २०७८/०७९ को मुनाफाबाट १२.३५ प्रतिशत बोनस सेउयर र ०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि पुस २७ ग तेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

माउन्टेन हाइड्रो नेपालको सातौं वार्षिक साधारणसभा पुस २७ गते कालिमाटि ब्यांक्वेटमा बस्दैछ । सभाले ०७८÷०७९ को मुनाफाबाट ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनक लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

दिव्यश्वरी हाइड्रोपावरले स्काई दरबार ब्याङक्वेट, बग्गगीखाना छेउ, सिंहरबार, काठमाडौंमा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । उक्त सभाले आर्थिक वर्ष २०७५/०७, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९को संयुक्त वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।

यस्तै, बोटलर्स नेपाल(बालाजु) को ४४ औं वार्षिक साधारणसभा होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्दैछ । सभा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । सभाले कम्पनीको नगद लाभांश वितरण गर्ने बारे (संचालक समितिले प्रति सेयर २० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरिएको) प्रस्ताव पारित गर्नेछ ।


क्लिकमान्डु