
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई जरिवाना गराएको छ भने एउटा रेटिंग एजेन्सीलाई स्पष्टिकरण सोधेको छ ।
बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई जरिवाना गरेको छ भने केयर रेटिंग नेपाललाई स्पष्टिकरण सोधेको छ ।
बोर्डका अनुसार सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा ८२ ०२० अनुसार १० हजार जरिवाना गराएको छ ।
यस्तै इम्पेरियल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार जरिवाना गराउने निर्णय गरेको छ । यस्तै त्रिशुल सेक्युरिटिजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार जरिवाना गराउने निर्णय गरेको छ ।
सेबोनले केयर रेटिंगलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले रेटिंग नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिंग गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न भनेको छ ।
यस्तै सेबोनले उक्त कम्पनीले क्रेडिट रेटिंग नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिंग गरेको भन्दै रेटिंग नियमावली २०६८ अनुसार रेटिंगको रद्द नगर्ने तथा केयर रेटिंग नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टिकरण पेश गर्न भनेको छ ।
प्रतिक्रिया