यी हुन् लक्ष्मी बैंकका १६ ठूला सेयरधनी, ठूलाे हिस्सा लक्ष्मी कर्पको



काठमाडौं । लक्ष्मी बैंकका ठूला सेयरधनीमा १६ व्यक्ति तथा कम्पनी रहेका छन् । ठूला सेयधरनीमा ६ कम्पनी र बाँकी विभिन्न व्यक्ति रहेका छन् ।

बैंकका अनुसार लक्ष्मी कर्पको बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको १४.६० प्रतिशत अर्थात १ करोड ६८ लाख ६२ हजार ४६८ कित्ता सेयर स्वामित्व रहेको छ ।

दोस्रोमा स्नेहा खेतानको ११.३० प्रतिशत अर्थात १ करोड ३० लाख ५० हजार ५२ कित्ता, नागरिक लगानी कोषको ८.६८ प्रतिशत अर्थात १ करोड २ लाख ८ हजार २ कित्ता, सारिका खेतानको ७.८२ प्रतिशत अर्थात ९० लाख ३६ हजार ७२८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै रतन लाल संघईको ४.४८ प्रतिशत अर्थात ५१ लाख ८० हजार २८२, गोपिकृष्ण सिकरियाको ४.४२ प्रतिशत अर्थात ५१ लाख २ हजार ३०६ कित्ता, राजेन्द्र कुमार खेतानको ४.३८ प्रतिशत अर्थात ५० लाख ६१ हजार ९ सय कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै हिमालयन एक्जीम प्रा.लिको ३.६९ प्रतिशत अर्थात ४२ लाख ६३ हजार ५५, एमटीसी इन्भेष्टमेन्ट प्रा. लिको २.४० प्रतिशत अर्थात २७ लाख ७३ हजार ७४२ कित्ता, पुजा अग्रवाल खेतानको १.६१ प्रतिशत अर्थात १८ लाख ५८ हजार ५१९ कित्ता, ओम प्रकाश सिकारियाको १.४३ प्रतिशत अर्थात १६ लाख ४६ हजार २५५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै राष्ट्रिय बीमा संस्थान (जीवन) को १.३६ प्रतिशत अर्थात १५ लाख ७३ हजार ७७४ कित्ता, प्राइम होलिडिङ प्रा.लिको नाममा ०.९३ प्रतिशत अर्थात १० लाख ७१ हजार ४ सय कित्ता, अञ्जली सरावगीको ०.७४ प्रतिशत अर्थात ८ लाख ५६ हजार २६९ कित्ता, दिपक कुमार मल्होत्राको ०.६६ प्रतिशत अर्थात ७ लाख ६१ हजार ३० कित्ता र सुनिल कुमार बन्सालको ०.५६ प्रतिशत अर्थात ६ लाख ५० हजार ७४३ कित्ता रहेको छ ।


क्लिकमान्डु