लक्ष्मी बैंकका सीईओको तलब भत्ता १ करोड ३२, सञ्चालकले कति बुझे ?



काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ३२ लाख ३२ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले गत आर्थिक वर्षमा उक्त रकम तलब भत्ता बापत सीईओलाई दिएको जनाएको छ । बैंकको सीईओमा अजय बिक्रम शाह रहेका छन् ।

यस्तै बैंकले अन्य उच्च पदाधिकारीहरुलाई ७ करोड ६० लाख २९ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले सञ्चालकहरुलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समिति सदस्यलाई बैठकको भत्ता दिने गरेको छ । बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता १५ हजार र सञ्चालकलाई १३ हजार रुपैयाँ भत्ता उपलव्ध गराएको जनाएको छ ।

यस बाहेक प्रति महिना मोवाइल फोन खर्च सोधभर्ना बापत ५ हजार र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरुलाई सञ्चालक-संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भ्रमण खर्च सोधभर्ना उपलव्ध गराइएको बैंकले जनाएको छ ।

बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनलिाई लाभांश दिएको छैन ।


क्लिकमान्डु