सरकारले मनोबल बढाउने गरि निर्णय गरे अर्थतन्त्र लयमा आउँछ: परिसंघ अध्यक्ष



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताए ।

अर्थतन्त्रका कुनै पनि प्यारामिटरहरु परिवर्तन नभए पनि उच्च मनोबलको कारण लगातार रुपमा पुँजी बजार वृद्धि भइरहेको उनको भनाइ छ ।

सरकारले बैंकको ब्याजदर कम गर्ने,तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल बढ्दै जाने अग्रवाल बताउँछन् ।

उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको उनले बताए ।

उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय न लाग्ने उनको दाबी छ ।


क्लिकमान्डु