चिलिमेले सञ्चालकलाई दियो करिब २० लाख भत्ता, कुलमानभन्दा तुल्सीरामले बढी बुझे



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षमा सचालक समितिलाई १९ लाख ९२ हजार ७५० रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीका पदाधिकारीहरुको सञ्चालक समितिको बैठक भत्ता प्रतिब्यक्ति ७ हजार सञ्चालक रहेको समिति, उप–समितिको बैठक भत्ता प्रति ब्यक्ति प्रति बैठक ३ हजार रुपैयाँका दरले दिएको छ ।

सञ्चालकलाई सञ्चार तथा यातायात सुविधा वापत प्रति ब्यक्ति मासिक ५ हजार रुपैयाँ दिएको छ । कम्पनीले सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङलाई १ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ । उनले भत्ता बापत १ लाख १२ हजार र अन्य भत्ता बापत ७५ हजार रुपैयाँ लिएका छन् ।

यस्तै सञ्चालक लोकहरी लुइँटेल १ लाख ३२ हजार लिएका छन् । जसमा बैठक भत्ता ८७ हजार र अन्य भत्ता ४५ हजार रुपैयाँ रहेको छ ।

सञ्चालक रामजी भण्डारीले १ लाख ८७ हजार लिएकामा बैठक भत्ता १ लाख १२ हजार र अन्य भत्ता ७५ हजार,
तुलसीराम ढकालले २ लाख ३५ हजार रुपैयाँ लिएका छन् । जसमा १ लाख ६० हजार भत्ता रहेको छ भने ७५ हजार अन्य भत्ता रहेको छ । सञ्चालकले लिएको भत्तामा सबैभन्दा बढी उनैले लिएका छन् । उनी नेपाल इन्भेष्टर फोरमका अध्यक्ष समेत हुन् ।
यस्तै रामप्रसाद रिमाल १ लाख ७५ हजार भत्ता लिएका छन् । उनले बैठक भत्ता बापत १ लाख र अन्य भत्ता बापत ७५ हजार लिएका छन् ।

भिमप्रसाद तिमल्सिनले कम्पनीबाट १ लाख ९५ हजार भत्ता लिएका छन् । जसमा बैठक भत्ता १ लाख २० हजार र अन्य भत्ता ७५ हजार रुपैयाँ रहेको छ । शान्ति लक्ष्मी शाक्यले १ लाख ९७ हजार ७५० रुपैयाँ लिएकी छिन् । जसमा बैठक भत्ता बापत १ लाख २२ हजार ७५० र अन्य भत्ता बापत ७५ हजार रुपैयाँ रहेको छ ।

सुमन प्रसाद शर्माले १ लाख ३८ हजार भत्ता लिँदा बैठक भत्ता ६३ हजार र अन्य भत्ता ७५ हजार रुपैयाँ लिएका छन । जगत कुमार श्रेष्ठले लिएको १ लाख ३१ हजार भत्तामा बैठक भत्ता ७१ हजार र अन्य भत्ता ६० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालक हरीराज न्यौपानेले २ लाख १८ हजार भत्ता लिएका छन् । उनले लिएको भत्तामा बैठक भत्ता १ लाख ४३ हजार रुपैयाँ र अन्य भत्ता ७५ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु