पाँचथर पावर कम्पनीका प्रबन्धक निर्देशकको तलब सवा लाख, सञ्चालकले कति लिए ?



काठमाडौं । पाँचथर पावर कम्पनीले आज (पुस १८ गते) सातौं बार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आज बसेको सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश दिएको कम्पनीले गत आर्थिक वर्षमा प्रबन्ध सञ्चालक पुष्प ज्योती ढुंगानालाई तलब तथा भत्ता बापत १५ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीले प्रवन्ध सञ्चालकलाई मासिक तलब बापत १ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

गत आव २०७८/०७९ मा कम्पनीका संचालकहरुलाई प्रतिबैठक भत्ता वापत अध्यक्षलाई १५ हजार र संचालक समितिका सदस्यलाई १० हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

गत आवमा सञ्चालक समितिको कुल बैठक खर्च ४ लाख ४० हजार रुपैयाँ भएको छ । गत आवमा सञ्चालक समितिको १२ वटा बैठक बसेको जनाइएको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राजेश कुमार श्रेष्ठ, प्रबन्ध निर्देशकमा पुष्पज्योती ढुंगाना रहेका छन् भने सञ्चालकमा रधुनाथ पुरी, लाल प्रसाद साँवा लिम्बु र राजन काफ्ले रहेका छन् ।

अध्यक्ष श्रेष्ठको नाममा कम्पनीमा संस्थापक १७ लाख ५५ हजार ३०४ कित्ता र व्यक्तिगत तर्फ १लाख ७३ हजार २७० कित्ता, प्रबन्ध निर्देशक ढुंगानाको संस्थापक १५ लाख ७९ हजार ५०० कित्ता, सञ्चालक पुरीको ११ लाख १२ हजार ११९ कित्ता संस्थागत र काफ्लेको ९ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु