रुपन्देहीमा साढे ७९ करोड लगानीमा सरोभार एग्रो उद्योग आउँदै



काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा साढे ७९ करोड रुपैयाँ लगानीमा सरोभार एग्रो उद्योग सञ्चालनमा आउने भएको छ । धान प्रशोधन गरी चामल उत्पादन गर्ने गरी सन् २०२० को जनवरीमा दर्ता भएको उद्योगल अहिले निार्मण भइरहेको छ ।

कम्पनीले दैनिक १२ घण्टामा ४० हजार ६४० मेट्रिक टन धान प्रशोधन गरी चामल उत्पादन गर्नेछ । कम्पनीले उद्योग सञ्चालनमा ल्याउनका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले साढे ७९ करोड रुपैयाँ लगानीमा निर्माण शुरु गरेको उद्योगको अहिले करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

कम्पनीको सञ्चालक समितिमा तीन जना व्यवसायीको संलग्न छन् । सौदागरप्रसाद जैसवाल अध्यक्ष हुन् भने अशोककुमार जैसवाल र सर्भेशकुमार जैसवाल सञ्चालक समितिका सदस्य हुन् ।


क्लिकमान्डु