गृह मन्त्री लामिछानेसँग सिमाक्षेत्रबाट हुने अवैध व्यापार नियन्त्रण गर्न महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष सिमाक्षेत्रबाट हुने अवैध आयात-व्यापार नियन्त्रण गर्न आग्रह गरेको छ ।

मंगलबार महासंघले गृहमन्त्री लामिछानेसँग उक्त आग्रह गर्दै शान्ति सुरक्षाको प्रबन्ध गर्न पनि आग्रह गरेको छ ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षका बारेमा जानकारी गराए ।
महासंघ तथा जिल्ला-नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रबन्धका लागि अनुरोध गरिएको छ ।

महासंघले जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरेको छ ।

भेटमा मन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसंग मनन गरेकाले महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाए ।


क्लिकमान्डु