थप दुई जलविद्युत आयोजनाको ४३.६५ मेगावाट विद्युत बिक्री गर्न भारतले दियो अनुमति



काठमाडौं । भारत सरकारले थप दुई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ ।

यो सँगै काबेली बी वान आयोजनाबाट उत्पादित २४.२५ मेगावाट र तल्लो मोदी आयोजनाबाट उत्पादित १९.४ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । यो सँगै १० वटा आयोजनाबाट ४५२.६ मेगावाट विद्युत निर्यात हुनेछ ।

भारतको भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणकाे अनुमति सँगै प्राधिकरणले बोलकबोल माध्यमबाट इन्डियन इनर्जी एक्सचेञ्जमा बोलकबोल माध्यमबाट विद्युत बेच्न सक्नेछ ।

भारतले चिनको लगानी रहेको वा परियोजनाको निर्माणमा चिन संलग्न रहेको परियोजनाबाट भने विद्युत खरिद गरेको छैन ।

हाल भारतमा लिखु ४ को ५२.४ मेगावाट, प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’ को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात गर्न अनुमति दिएको छ ।


क्लिकमान्डु