बोर्डले १ अर्ब ६ करोडको आईपीओ निष्कासन गर्न दियो २ कम्पनीलाई अनुमति




काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई १ अर्ब ६ करोड ११ लाख २५ हजार रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै बोर्डले सानिमा मिडिल तमोदर हाईड्रोपावरलाई प्रतिकित्ता सय रुपैयाँका दरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँको ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु