माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताउनु भयो ।

उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी माओवादीको छ ।

दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो लागेपछि श्रेष्ठले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्ने छ । श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।


क्लिकमान्डु