प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्डसहित नेताहरु पुगे राष्ट्रपति निवास



काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ६ दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

राष्ट्रपति कार्यालयमा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले प्रचण्डको नेतृत्वमा सरकार बनाउन भन्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उक्त प्रस्ताव दर्ता गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र दर्ता गरिएको छ ।


क्लिकमान्डु