मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत बोनस दिने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बधुबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले २३ प्रतिशत नै बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न थरी दुई संस्था प्राप्ति गरी एकिकृत कारोबार गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांश दिएको छैन ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु