२५ बैंकले पाए साधारण सभा गर्ने अनुमति, कृषि विकासको वित्तीय विवरण अझै स्वीकृत भएन



काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै २५ बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको हो ।

राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका बैंकमध्ये २३ बैंकले लाभाशं समेत घोषणा गरिसकेका छन् ।

वित्तीय विवरण पारित भएका सबै २५ बैंकले पुस मसान्तसम्म साधारण सभा गर्नेछन् ।

कृषि विकास बैंकले ढिलो गरी वित्तीय विवरण बुझाएकाले अहिले सम्म साधारण सभा गर्ने अनुमति पाएको छैन ।

राष्ट्र बैंकले कृषि विकास बैंकको वित्तीय विवरण अध्ययन गरिरहेको छ । कृषिले माघमा साधारण सभा गर्ने भएकाले कृषिको वित्तीय विवरण आगामी सातामा पारित हुने राष्ट्र बैंकले एक अधिकारीले जानकारी दिएका छन् ।


क्लिकमान्डु