हिमालय उर्जा विकास कम्पनीले बनायो सेयरधनीको हातखाली, बुक क्लोज कहिले ?



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

सेयरधनीलाई लाभांश नदिने कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायत प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछन । सभाका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।


क्लिकमान्डु