बागमती प्रदेशमा १ खर्ब कृषि कर्जा प्रवाह हुँदा काठमाडौंमा मात्रै ४५ अर्ब



काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तिय संस्थाबाट कृषि क्षेत्रमा १ खर्ब ८ अर्ब ४१ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह हुँदा काठमाडौंमा मात्रै ४५ अर्ब बढी रकम गएको छ ।

राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार २२०७८/७९ मा बागमति प्रदेशमा मात्रै ४५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ ।

समग्रमा प्रवाह भएको कर्जामा काठमाडौं जिल्लाको हिस्सा मात्रै ४१.९ प्रतिशत रहेको छ । काठमाडौंपछि चितवन जिल्लामा सबैभन्दा बढी कर्जा प्रवाह भएको छ ।

गत वर्ष चितवन जिल्लामा कृषि क्षेत्रमा ३१ अर्ब २६ करोड ६१ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको छ । त्यसैगरी, मकवानपुर जिल्लामा ६ अर्ब ६५ करोड २९ लाख रुपैयाँल, काभ्रेपलाञ्चोक जिल्लामा ५ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ, धादिङमा ४ अर्ब २ करोड ५९ लाख रुपैयाँ, नुवाकोट जिल्लामा ३ अर्ब २ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै ललितपुर जिल्लामा ३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ, भक्तपुर जिल्लामा २ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ, सिन्धुली जिल्लामा १ अर्ब ९९ करोड ५० लाख रुपैयाँ, सिन्धुपाल्चोक जिल्लामा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ, रामेछाप जिल्लामा ७३ करोड ३ लाख रुपैयाँ । दोलखा जिल्लामा ६५ करोड ७० लाख रुपैयाँ र रसुवा जिल्लामा ६९ करोड ८७ लाख रुपैयाँ कृषि क्षेत्रमा कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु