श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, बोनस २.४०%, नगद कति ?



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७.६० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस २.४० प्रतिशत बोनस र कर सहित ५.२० प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु