क्यूआर कोडबाट हुने भुक्तानी घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिनामा क्यूआर कोडबाट हुने भुक्तानी घटेको छ ।

अघिल्लो महिनाको तुलनामा क्युआर पेमेन्ट, मोबाइल वालेट र इन्टरनेटबाट हुने भुक्तानी घटेको छ वालेटबाट हुने भुक्तानी बढेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार असोजसम्ममा क्यूआर कोडबाट १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ भुक्तानी भएकामा कात्तिकमा १६ अर्ब १४ करोड ४० लाख रुपैयाँको भुक्तानी भएको छ । एक महिनाको अवधिमा १ अर्ब १९ करोड ३० लाख रुपैयाँले घटेको छ ।

यस्तै, कात्तिकमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी २५ करोड ४० लाख रुपैयाँले घटेर ११ अर्ब ७० करोड ५० लाख रुपैयाँमा सिमित भएको छ । असोजमा ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँ इन्टरनेट बैंकिङबाट भुक्तानी भएको थियो ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङबाट हुने भुक्तानी पनि असोजको तुलनामा कात्तिकमा घटेको छ । असोजको तुलनामा कात्तिकमा १० अर्ब १५ करोड रुपैयाँले घटेको छ ।

असोजमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ भुक्तानी भएकामा कात्तिकमा घटेर घटेर १ खर्ब ५१ अर्ब ९८ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ ।

केन्द्रीय बैंकका अनुसार कात्तिकमा मोबाइल वालेटबाट हुने कारोबार भने बनेको छ । अन्य खालका विधुतीय कारोबार घट्दा मोबाइल वालेटबाट हुने कारोबार भने बढेको छ ।

असोजमा १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ मोबाइल वालेटबाट कारोबार भएको थियो । कात्तिकमा १७ अर्ब २२ करोड ७० रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु