शिवम् सिमेन्टले पायो बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ को अवार्ड



काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ को अवार्ड प्राप्त गरेको छ ।

शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत मंसिर २६ गते काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्ट लिमिटेडले बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ प्राप्त गर्न सफल भएको हो ।

यसभन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा भूमिका निर्वाह गर्दै आएको कम्पनीले जनाएको छ ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु