रिलायन्स लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ ।

इन्स्योरेन्सले कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदरलाई परिमार्जन गरेको हो ।

पुष १ गतेदेखि लागू हुने गरी बीमालेख धितो कर्जाको वार्षिक कर्जा १२ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ । साथै, आफुले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

कर्जा सम्बन्धी थप जानकारी लिनु परेमा कम्पनीको शाखा तथा उप(शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु