१३ कम्पनी कालो सूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । बिहीबार कार्यालयले एक सूचना जारी गर्दै विभिन्न १३ कम्पनीहरुलाई कालोसूचिमा राखिएको जानकारी दिएको छ ।

यसरी कालोसुचिमा राखिएका कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कालो सूचिमा राखिएका छन् ।

तीन वर्षसम्म कालोसूचिमा राखिएका कम्पनीहरुमा सिराहाको थाक्थुम्हाङ बीपीजेभी र काठमाडौंको स्टार अफिस इन्टरनेसनल रहेका छन् । त्यस्तै, मकवानपुरको सपना निर्माण सेवालाई दुई वर्षका लागि कालो सूचिमा राखिएको छ ।

त्यस्तै, काठमाडौंको सूर्या रोशनी इन्डस्ट्रियल प्रालि, रौतहटको राष्ट्र निर्माण सेवा, सर्लाहीको नन्दु निर्माण सेवा प्रालि, भरतपुरको लोहनी एन्ड सन्स कन्स्ट्रक्सन प्रालि, कपिलवस्तुको खिम निमर्माण सेवा, काठमाडौंको खहरेखोला इन्टरप्राइजेज, कपिलवस्तुको जय निर्माण सेवा, चितवनको जन कन्स्ट्रक्सन प्रालि, जनकपुरको देव कन्स्ट्रक्सन र काठमाडौंको अग्रिम/पीपी जेभी रहेका छन् ।

यी कम्पनीहरुलाई विभिन्न निकायले कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेपछि कालो सूचिमा राखिएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु