आयात प्रतिस्थापन गर्न नेपालको स्रोत-साधन पूर्णरुपमा प्रयोग हुन सकेको छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन हुने गरी नेपालको स्रोत तथा साधन प्रयोग हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको १३औं महासभामा उनले आयात प्रतिस्थापन गर्न स्रोत तथा साधन प्रयोग गर्न नसकेको बताएका हुन् ।

‘नेपालको अर्थतन्त्र भूकम्प, कोभिडलाई सामाना गर्दै अगाडि बढिरहेको छ । कोभिडले गर्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा निकै प्रभाव परेकाले नेपाल पनि अछुतो छैन । त्यसैले नेपालको जनताको चाहना भनेको तीब्र आर्थिक र व्यवस्था कार्यान्यवन हो । त्यसमा विभिन्न क्षेत्रको समन्वयमा अन्तरविरोध हुँदा भनेअनुसारको काम हुन सकेको छैन’ उनले भने ।

अर्थमन्त्री शर्माले नेपालमा नै उत्पादन गरी आयात प्रथिस्थापन गर्नुपर्ने उल्लेख गरे । तर, आयात प्रतिस्थापन हुन नसक्दा भएको स्रोत साधन पनि प्रयोग हुन नसकेको उनको दाबी छ ।

नेपालमा राम्रा नीति भएपनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । नेपालले उर्जासँगै आइटी क्षेत्रमा फड्को मार्ने अवस्था रहेको भन्दै उनले आइटी क्षेत्रबाट घरमा बसीबसी रेमिट्यान्स भित्र्याउन सक्ने अवस्था भएकाले यस क्षेत्रमा विकास गर्न आवश्यक छ रहेको बताए । पर्यटन र उर्जा क्षेत्रबाट पनि नेपालले ठूलो लाभ लिन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु