पुसमा ब्याजदर नबढ्ने



काठमाडौं। पुसमा ब्याजदर नबढ्ने भएको छन् । वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले पुसमा पनि मंसिर महिनाकै दरलाई निरन्तरता दिने भद्र सहमति गरेको छ । संघको मंगलबार बसेको बैठकले यस्तो सहमति गरेकको हो ।

जसअनुसार पुस महिनामा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र बचतमा अधिकतम ९.१३३ प्रतिशत ब्याज दिनेछन् ।

ब्याज दर महँगो भएको भन्दै अहिले ब्यापारीहरु आन्दोलित छन्।

बाणिज्य बैंकको ब्याजदर यथावत हुने भएपछि विकास बैंक र फाइनान्सले पनि पुसको ब्याजदर यथावत राख्ने भएका छन्।


क्लिकमान्डु