हुन्डाई नेपालले ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै



काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारि वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेआफ्नो ‘बी(भी)द चेञ्ज’अभियान अन्तर्गत मङ्सिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई ईभी हाईभोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ ।

यो अभियानले कोना र आईओएनआईक्यू लाइनअपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यो कार्यक्रर्यम प्रशिक्षित प्राविधिकहरू र अत्याधनिुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।

त्यस्तै कार्यक्रर्यममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पर्वूजाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ ।

यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँने कम्पनीको विश्वास रहेको जनाएको छ । यो कार्यक्रर्यम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ ।


क्लिकमान्डु