कमलादीमा करिब डेढ अर्ब लगानीमा होटल आउँदै, के-के हुनेछन् सुविधा ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर-१ मा करिब डेढ अर्ब लगानीमा होटल निर्माण हुने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिले कमलादीमा १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरेको छ । कम्पनीले कुल ८८८.१४ वर्गस्क्वायरफिट क्षेत्रफलमा होटल निर्मण गर्ने भएको छ । जसका कम्पनीले ३४१.८२ वर्गस्क्वायरफिट क्षेत्रफलमा भवन निर्माण हुने भएको छ भने कुल जग्गाको क्षेत्रफल ४८७२.९९ वर्गकिलोमिटर हुने उल्लेख छ ।

कम्पनीअनुसार होटल निर्माण गर्दा वास्तविक फार ३ र अनुमानित फार ३.५ राखेको छ । साथै, भवनको अगाडिको सबै सेटब्याक ५ मिटर, अगाडिमात्रै ७ मिटर र अनुमानित सेटब्याक ५ मिटरमा निर्माण हुने जनाएको छ । कम्पनीले सरकारले तोकेको मापदण्डमा होट निर्माण हुने उल्लेख छ ।

होटलमा ९४ कोठा र कुल २०० वटा बेडको व्यवस्था हुनेछ । जसमा ८६ वटा कोठा, ८ वाट सुइट, रेष्टुरेन्ट, व्यायाम हल, स्वीमिङ पुल र पार्किङको व्यवस्था हुने जनाएको छ । साथै, होटलमा ८० देखि १०० जनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीको दाबी छ ।

कम्पनीले बेसमेन्टसहित ९ तल्लाको भवन निर्माण गर्नेछ । एक देखि ८ तल्लासम्ममा टुवीन रुम ४ वटा, क्वीन रुम ६ वटा सुइट रुम १ वटा र ९ तल्लामा ट्वीन रुम २ वटा क्वीन रुम ४ वटा हुनेछ । कम्पनीअनुसार होटलमा ४३६.६२ वर्गमिटर खुला क्षेत्र हुनेछ ।

त्यसैगरी, होटलमा २६५ वर्गमिटर क्षेत्रफलमा २६५.६६ किलोमिटरमा पार्किङको व्यवस्था गरेको छ । उक्त पार्किङमा ३० वटा दुई पाङ्ग्रे र २० वटा चार पाङ्ग्रे सवारी साधन अट्नेछन् ।

कम्पनीले होटलमा १२५ वर्गमिटरमा वगैचा र ८४ वर्गमिटरमा स्वीमिङ पुल निर्माण गर्नेछ । कम्पनीअनुसार होटलमा रिचार्ज पिटहरुको संख्या २ वटा, लिफ्टको संख्या २ वटा, आवस्मि सेवा, आकस्मिक सेवा। धुँवा डिटेक्टर, आपत्कालीन ढोका र भर्याङको व्यवस्था हुनेछ ।


क्लिकमान्डु