धापाखेल र भैंसेपाटीमा डाउनटाउनका लक्जरी हाउजिङ, कति छ शुरुवाती मूल्य ?



काठमाडौं । डाउनटाउन हाउजिङले धापाखेल र भैंसेपाटीमा सुविधासम्पन्न हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएको छ । रियल स्टेट व्यवसायी मिनमान श्रेष्ठ अध्यक्ष रहेको कम्पनीले धापाखेल र भैंसपाटीमा सयभन्दा लक्जरी हाउजिङ निर्माण गर्ने भएको हो ।

कम्पनीले यसअघि नै इमाडोलमा डाउनटाउन रेसिडेन्सी, खुमलटारमा डाउनटाउन अपार्टमेन्ट र बखुन्डोल सानेपामा सीटीभ्यू अपार्टमेन्ट निर्माण गरिसकेको छ । त्यस्तै, पछिल्लो समय व्यवस्थित आवासको माग बढ्दै गएपछि कम्पनीले एकीकृत आवासमा निर्माणमा जोड दिएको पाइन्छ । कम्पनीले हाउजिङसँगै अपार्टमेन्ट निर्माण कार्यलाई तीब्रता दिएको छ ।

त्यस्तै, कम्पनीले गत कात्तिकबाट दुई वटा स्थानमा निर्माण भइरहेको हाउजिङको बुकिङ खुल्ला गरेको छ । कम्पनीले उक्त दुई स्थानमा निर्माण भइरहेको हाउजिङ एकै पटक निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ ।

डाउनटाउन रेसिडेन्सी धापाखेल

‘कम्पनीले धापाखेलमा सयभन्दा बढी युनिटको लक्जरी हाउजिङ र लाे राइज युनिटको अपार्टमेन्ट निर्माण गर्ने योजना बनाएको छ,’ उनले भनिन्, ‘तर, पहिलो चरणमा हाउजिङमात्रै निर्माण कार्य अगाडि बढाएको छ ।’ कम्पनीले दाेस्राे चरणमा अपार्टमेन्ट निर्माण गर्ने याेजना बनाएकाे छ ।

कम्पनीले धापाखेलमा सयभन्दा बढी युनिटको लक्जरी हाउजिङ निर्माण गर्ने भएको छ । कम्पनीले ८० रोपनीभन्दा बढी क्षेत्रफलमा लक्जरी हाउजिङ निर्माण गरिरहेको कम्पनीको मार्केटिङ ममता श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार कम्पनीले ८० रोपनीभन्दा बढी क्षेत्रफलमा हाउजिङसँगै लाे राईज अपार्टमेन्ट निर्माण गर्नेछ । तर, पहिलो चरणमा हाउजिङमात्रै निर्माण गर्नेछ भने दाेस्राे चरणमा अपार्टमेन्ट निर्माण गर्नेछ ।

अहिले कम्पनीले धापाखेलमा साढे ३ आनादेखि ६ आनासम्मको घर निर्माण गर्नेछ । जसमा कम्पनीले टाइप एफ घर २७४६ स्क्वयारफिट, टाइप एम २४०० स्क्वयाफिट र टाइप एस २२०५ स्क्वायरफिटमा निर्माण गर्ने भएको छ ।

कम्पनीले टाइप एफको घरमा चार वटा बेडरुम, एक/एक वटा लिभिङ रुम, फ्यामिली रुम, डाइनिङ, किचन, चार वटा बाथरुमसहित रुफटप गजेबो, हिट पम्प, किचन, भिडियो डोर फोन, ढल, पानी ट्याङकी, दुई वटा कार र एउटा मोटरसाइकल अट्ने घर निर्माण गर्नेछ ।

टाइप एम र टाइप एस हाउजिङमा चार वटा बेडरुम, एक/एक वटा लिभिङ रुम, मल्टीपर्पाेज रुमऽ डाइनिङ, किचन, र चार वटा बाथरुमसहित रुफटप गजेबो, हिट पम्प, किचन, भिडियो डोर फोन, ढल, पानी ट्याङकी, एक÷एक वटा कार र मोटरसाइकल पार्किङ गर्न सक्ने व्यवस्था हुनेछ । त्यससँगै, कम्पनीले लबी, बाथरुम, बाल्कोनी र टेरेस भएको घर निर्माण गर्नेछ ।

कम्पनीले धापाखेलमा निर्माण हुने घरको क्षेत्रफललगायत सेवा सुविधाको आधारमा मूल्य तोकेको श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठअनुसार कम्पनीले सिमित समयका लागि घरहरुको सुरुवाती मूल्य २ करोड ९६ लाख रुपैयाँ तोकेको छ ।

‘कम्पनीले साढे ३ आनादेखि ६ आनासम्ममा घर निर्माण गर्नेछ । जसमा क्षेत्रफल र सेवा सुविधाको आधारमा घरको मूल्य फरक पर्नेछ,’ उनले भनिन् । त्यस्तै, गत कात्तिकमा पहिलाे चरणकाे घरहरुकाे बुकिङ खुल्ला गरेकोमा अब २२ वटा घरहरु मात्रै बिक्री हुन बाँकी रहेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले घर खरिदका लागि सिटिजन बैंकबाट ६० प्रतिशतसम्म घर कर्जा पाउने व्यवस्था गरेको छ ।

कम्पनीले धापाखेलमा निर्माण भइरहेको हाउजिङमा २४ घण्टा नै सीसी क्यमेरा र सुरक्षा गार्ड रहने जनाएको छ । त्यस्तै, हाउजिङमा कम्यूनिटी हल, अफिस, स्वीमिङ पुल, हेल्थ ब्लब र भिजिटर पार्किङकाे व्यवस्थापन हुनेछ ।

डाउनटाउन रेसिडेन्सी भैंसेपाटी

डाउटाउन हाउजिङले भैंसेपाटीमा ‘डाउनटाउन रेसिडेन्सी’ निर्माण गरिरहेको छ । कम्पनीले भैंसेपाटीमा करिब ६ रोपनी क्षेत्रफलमा १७ वटा लक्जरी घर निर्माण गर्ने भएको छ ।

कम्पनीले कात्तिकबाट बुकिङ खुल्ला गरेकोमा हालसम्ममा ११ वटा बिक्री भइसकेको श्रेष्ठले बताइन् ।

‘भैंसेपाटीमा निर्माण भइरहेको लक्जरी १७ वटा हाउजिङमध्ये ११ वटा बिक्री भइसकेको छ,’ उनले भनिन्, ‘अब ६ वटामात्रै बिक्री हुन बाँकी छ ।’

कम्पनीले भैंसेपाटीमा पनि तीन प्रकारका घर निर्माण गर्नेछ । उक्त क्षेत्रमा निर्माण हुने घर साढे ३ आनादेखि ६ आनामा बन्नेछ । कम्पनीले टाइप एस/एम, टाइप एफ/एफ / टाइप एफ/एफ (म्याक्स)को घर निर्माण गर्नेछ । जसमा कम्पनीले रुफ गजेबो, हिट पम्प, किचन, भिडियो डोर फोन, ढल, पानी ट्याङकी, एक/एक कार र मोटरसाइकल पार्किङको व्यवस्था हुने जनाएको छ ।

कम्पनीले भैंसेपाटीमा निर्माण भइरहेको घरको न्यूनतम मूल्य ३ करोड ६५ लाख रुपैयाँ तोकेको छ । साथै, कम्पनीले क्षेत्रफल र सुविधाको आधारमा मूल्य बढी पर्ने कम्पनीको भनाइ छ । साथै, कम्पनीले भैंसेपाटीमा पनि घर खरिदका लागि सिटिजन बैंकबाट ६० प्रतिशतसम्म घर कर्जा पाउने व्यवस्था गरेको छ ।

कम्पनीले आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाएको जनाएको छ ।


क्लिकमान्डु