जापान पठाइदिन्छौं भन्दै ठगी गर्ने सूर्य कर्पोरेशनमा विभागको छापा



काठमाडौं । वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भनी रकम र पासपोर्ट लिइ नपठाउने सूर्य कर्पोरेशनको कागजात बरामद गरिएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै कर्पोरेशनको कागजात बरामद गरेको जनाएको छ ।

विभागमा डिल्लिबजारस्थित सूर्य कर्पोरेशन प्रालिले विगत तीन वर्ष अगाडिदेखि रकम र पासपोर्ट बुझिलिई हालसम्म नपठाएकाले रकम र पासपोर्ट दिलाई दोषीउपर कानूनी कारबाही गरिपाउँ भनी उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा विभागको टोलीले मंसिर २३ गते आकस्मिक अनुगमनका क्रममा जापान, क्यानाडा, अमेरिकालगायतका मुलुकमा पठाइदिने भनी संकलन गरेका करिब ८० थान पासपार्टलगायतका अन्य महत्वपूर्ण कागजातसमेत बरामद गरेको छ ।

उक्त अनुगमनको क्रममा कर्पोरेशनका उपस्थित कर्मचारीहरुलाई समेत प्रहरीको जिम्मा लगाई आवश्यक कारबाहीका लागि थप अनुसन्धानका कार्यहरु भइरहेको विभागले जनाएको छ ।


क्लिकमान्डु