सुनको मूल्य प्रतितोला १ लाख ५ सय पुग्यो, चाँदी कतिमा कारोबार हुँदैछ ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार २ सय रुपैयाँले बढेर १ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको थियो । आइतबार १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु