ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दियो डेढ अर्बबढी कर्जा, ब्याज आम्दानी कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दिने कर्जा बढाएको छ । बैंकले एक आर्थिक वर्षमा कर्मचारीलाई दिने कर्जा १५.९५ प्रतिशतले बढाएको छ ।

बैंकले गत आर्थिक वर्ष मा १ अर्ब ५२ करोड ५० लाख ५९ हजार १८९ रुपैयाँ कर्जा दिएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १ अर्ब ३१ करोड ५१ लाख ९५ हजार ६५५ रुपैयाँ कर्जा दिएको थियो ।

यस्तै बैंकले कर्मचारीलाई दिएको कर्जा तथा सापटबाट ११ करोड ७२ लाख ५२ हजार ३५ रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ करोड ८१ लाख १९ हजार २१२ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले कर्मचारीलाई दिएको कर्जासँगै ब्याज आम्दानी पनि बढेको छ । बैंकमा हाल २९६६ जना कर्मचारी रहेका छन् ।


क्लिकमान्डु