इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा आह्वान, चुक्ता पुँजी २० करोड पुर्‍याउने



काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले पुस २२ गतेका लागि चौथो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको मंसिर २० गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो ।

सभा होटल प्यागोडा, कान्तिपथ मार्ग, काठमाडौंमा दिउँसो १ः३० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

उक्त सभाले इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ । कम्पनीको हाल अधिकृत पुँजी १० करोड र चुक्ता पुँजी ५ करोड रुपैयाँ कायम रहेको छ । कम्पनीको कार्यक्षेत्र विस्तार गर्न पर्याप्त हुने गरी अधिकृत पुँजी ३० करोड र जारी तथा चुक्ता पुँजी २० करोड रुपैयाँ कायम गर्न विद्यमान सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७८/०७९ को आय व्यय हिसाब, नाफा/नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसहति अध्यक्षको प्रतिवेदन र लेखा परीक्षण सिफारिस बमोजिम आव २०७९/८० को लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निार्धरण गर्ने लगायतका सामान्य प्रस्ताव सभाले अनुमोदन गर्ने छ ।


क्लिकमान्डु