महालक्ष्मी लाइफको सीईओमा पुनः भट्टराई नियुक्त



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रमेश कुमार भट्टराई पुनः नियुक्त भएका छन् ।

इन्स्योरेन्सको मंसिर २३ गते बसेको ६६ औँ सञ्चालक समितिको बैठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईलाई पुस १७ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे अवधिका लागि पुनः सीईओमा नियुक्ति गर्ने निर्णय भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव कमल पन्थीले जानकारी दिए ।


क्लिकमान्डु