अप्टिकल फाइबर काटिएका कारण नेटवर्कमा समस्या : एनसेल



काठमाडौं । एनसेलले सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिएका कारण आफ्नो नेटवर्कमा समस्या आएको बताएको छ ।

एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा बिहीबार बिहान सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली- आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको बताएको छ ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको एनसेलले जनाएको छ । यो अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि एनसेलले क्षमा मागेको छ ।

अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले अनुरोध गरेको छ ।


क्लिकमान्डु