वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् ।

बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताएका हुन् ।

उनले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौति समस्यालाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताए ।

उनले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रको लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साँघुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको बताए ।

उनले पूर्वनागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै वृहत अर्थ बुझेका विज्ञहरुबाट हवाई नीति बनाउनुपर्ने बताए ।

उनले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरु बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताए ।


क्लिकमान्डु