बुध्द एयरले सुर्खेतमा एटीआर ७२ बाट उडान गर्ने, भाडा ४ हजार रुपैयाँ सस्तो हुने



काठमाडौं । बुध्द एयरले पुष १ गतेदेखि काठमाडौं-सुर्खेत उडान एटीआर-७२ जहाजबाट गर्न लागेको छ। हाल बुध्द एयरले काठमाडौं-सुर्खेत उडान एटीआर- ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।

काठमाडौं-सुर्खेत उडान एटीआर-७२ जहाजबाट हुने भएपछी टिकटको मूल्य पनि कम भएको छ ।

हाल एटीआर-४२ विमानले काठमाडौं-सुर्खेत उडानमा न्यूनतम १० हजार ९९५ रुपैयाँ लिँदै आएकोमा एटीआर ७२ विमानले ७ हजार रुपैयाँ लिने भएको छ ।

यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न बुध्द एयरले जनाएको छ ।

हाल सञ्चालनमा रहेको एटिआर – ४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बुध्द एयरको भनाइ छ ।

‘सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको थियो । एटीआर-७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन्,’ बुध्द एयरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आगामी पुष १ गतेदेख दैनिक बिहान १०:०० बजे काठमाडौँबाट सुर्खेत र ११:३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले सार्वजनिक गरेको छ।


क्लिकमान्डु