केसी कन्स्ट्रक्सले पायो कोशी अस्पताल बनाउन २ अर्बको ठेक्का



काठमाडौं । मोरङ जिल्लाको विराटनगरमा कोशी अस्पताल बनाउन २ अर्ब १७ करोड ६६ लाख २० हजार रुपैयाँको ठेक्का केसी कन्स्ट्रक्सनले पाएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यन्वयन ईकाईले सूचना जारी गर्दै २ अर्ब बढी रकममा अस्पताल निर्माण गर्ने ठेक्का केसी कन्स्ट्रक्सनले पाएको हो ।

कार्यालयले गत असार ७ गते बोलपत्र आह्वान गरेको थियो । आह्वान गरेको सूचनाअनुसार म्याद भित्र पीपीएमओ को इ–प्रोक्यूरमेन्ट पोर्टलमार्फत् रितपूर्वक दर्ता भएका सम्पूर्ण बोलपत्रहरुमध्ये केसी कन्स्ट्रक्सनले न्यूनतम मूल्याङ्कन सारभूत रुपमा प्रभावग्राही रहेकाले ठेक्का पाएको जनाएको छ ।


क्लिकमान्डु