सरकारी र निजी कार्यालय परिसरको फोहोर आफैं व्यवस्थापन गर्न महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा निजी कार्यालयहरुलाई आफ्नो परिसरको फोहोर आफैं व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको टेकुस्थित वातावरण तथा कृषि विभागमार्फत बुधबार जारी भएको सूचनामा महानगरपालिकाभित्र रहेका सरकारी तथा निजी कार्यालयहरुले आफ्नो परिसरभित्र रहेका फोहोर मैला ३५ दिनभित्र आफैं व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।

महानगरले जारी गरेको सूचनामा महानगरभित्रका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, कम्पनी तथा अन्य किसिमका निजी कार्यालय परिसरलाई नियमित सरसफाइ नगरेका कारण फोहोर तथा पुराना उपकरण छरिएर सहरको सुन्दरतामा ह्रास आएको भन्दै यसलाई सम्बन्धित कार्यालयले आफैं व्यवस्थापन गर्न भनिएको छ ।

तोकिएको ३५ दिनभित्रमा फोहोर व्यवस्थापन नगरेमा कानुन अनुसारकारबाही गरिने र फोहोर व्यवस्थापनमा लागेको खर्च पनि सम्बन्धित कार्यालयबाटै असुल गरेर नाम सार्वजनिक गरिने पनि सूचनामा जनाइएको छ ।


क्लिकमान्डु