स्पष्टीकरण पेस नगरेपछि ८ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरु



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

३० दिनभित्र स्पष्टीकरण पेस गर्न माग गर्दै पत्राचार गर्दा पनि कम्पनीहरुले लिखित स्पष्टीकरण पेस नगरेपछि कार्यालयले सूचना प्रकाशित गर्दै कालोसूचीमा राख्ने प्रक्रिया शुरु भएको जनाएको छ ।

कार्यालयकाअनुसार ७ दिनभित्रमा सम्बन्धित कम्पनीहरुले लिखित स्पष्टीकरण पेस गर्ने माग गर्दै कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरिएको जनाएको छ ।

कालोसूची राख्ने प्रक्रिया शुरु भएका निर्माण व्यावसायी कम्पनीहरुमा मकवानपुरको गुण निर्माण सेवा, काठमाडौंको सिरुवा/कविर/सुनकोशी जे.भी., पर्साको मुस्कान सप्लायर्स, मकवानपुर मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि., काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सन, तीनकुनेको सिरुवा कन्स्ट्रक्सन, पर्साको दिल्ली ट्रेडिङ र चिवतनको जय गढी माई निर्माण कन्स्ट्रक्सन रहेका छन् ।

सम्बन्धित कम्पनीका मुख्य व्यक्तिहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न माग गरेको छ ।


क्लिकमान्डु