सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना सार्वजनिक



काठमाडौं । सानिमा बैंकले मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत १८ जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ ।

उक्त कारोबारहरु २०० भन्दा बढी र कम्तिमा एउटा टपअप समावेश हुनुपर्ने बैंकले जनाएको छ । ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् ।

यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुने सानिमा बैंकले जनाएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।


क्लिकमान्डु