पाँच अर्बको ऋणपत्र निष्कासन गर्दै निफ्रा, कति पाइन्छ ब्याज ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले मंसिर २९ गतेदेखि प्रति इकाई एक हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी रहेको २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।
७ वर्ष अवधिका लागि निष्कासन गरेको ‘निफ्रा उर्जा ऋणपत्र ७%–२०८५/८६’ मा बार्षिक ७ प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम २५ देखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल रहेको छ ।