नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका लगानीकर्ताले मात्रै बैंकले तोकेको लाभांश पाउनेछन् भने आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।

बैंकले पुस ७ गतेका लागि साधारणसभा बोलाएको छ । उक्त सभाका लागि भोली (मंसिर २१ गते) बुक क्लोज गर्दैछ । आजसम्म कायम रहेका सेयरधनीले ११ प्रतिशत लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुनेछ । सभामा लाभा‌ंशका साथै मेगा बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु