साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस मात्रै २६ प्रतिशत दिने



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको बैकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस २६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु