एनएमबि बैंकको लाभांश घोषणा, नगद मात्रै दिने



काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको बैकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बोनस सेयर भने नदिने भएको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु