४ महिनामा नेपालले बेच्यो ९ लाख ९० हजार मेगावाट आवर बिजुली



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कार्तिक मशान्तसम्म भारतसँग ९ लाख ९० हजार ४५५ मेगावाट आवर(घण्टा) विद्युत निर्यात गरेको छ ।

चालु आवमा साउन १ देखि कात्तिक मशान्तसम्म सरकारले भारतलाई यति विद्युत निर्यात गरेको हो । यो अवधिमा नेपालले भारतबाट ५२ हजार ९५७ मेगावाट आवर विद्युत आयात गरेको छ ।

सरकारले चालु आवको पहिलो महिना साउनमा भारतलाई २ लाख ५१ हजार ५५८ मेगावाट आवर विद्युत निर्यात गरेको थियो । सो महिना भारतबाट नेपालमा २५ हजार ४६२ मेगावाट आवर विद्यूत निर्यात भएको थियो ।

त्यस्तै, भदौंमा २ लाख ५५ हजार ६७० मेगावाट हावर विद्युत भारततर्फ निर्यात हुँदा भारतबाट २० हजार ५८६ मेगावाट विद्युत आयात भएको थियो ।

असोजमा नेपालबाट २ लाख ५५ हजार ६७० मेगावाट विद्यूत भारततर्फ निर्यात भएको छ भने भारतबाट नेपालतर्फ ६ हजार १२० मेगावाट विद्युत आयात गरिएको छ ।

त्यस्तै, कात्तिक महिनामा भारततर्फ २ लाख २ हजार २५४ मेगावाट विद्यूत निर्यात हुँदा भारतबाट नेपालमा ५१९ मेगावाट विद्युत आयात गरिएको छ ।

नेपाल जलविद्युत प्राधिकरणले प्रकाशन गर्ने सम्पादित प्रमुख क्रियाकलापहरुको विवरणकामा उल्लेख भएअनुसार चालु आवको साउनदेखि असोज मशान्तसम्म नेपालबाट भारततर्फ ७५ करोड ५९ लाख ९५ हजार युनिट विद्युत निर्यात गरिएको छ ।

यसबापत प्राधिकरणलाई ६ अर्ब २६ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, यहि अवधीमा प्राधिकरणले भारतबाट ५ करोड १० लाख ७ हजार युनिट विद्युत आयात गरेको छ । जसको कुल भुक्तानी ६७ करोड १४ लाख ८३ हजार देखिन्छ ।

भारतसँग विद्युत बेच्न स्वीकृति पाएसँगै व्यापार थालेको एक वर्षभन्दा धेरै समय भइसकेको छ । गत वर्ष कात्तिक १५ (सोमबार) नेपाल र भारतीच खूल्ला भएको नेपालले भारतलाई विद्युत बेचिरहेको छ । त्यसअघि भारत र नेपालबीच विद्युत आदान–प्रदान (एस्सचेन्ज)को मात्रै स्वीकृति थियो ।

प्राधिकरणकाअनुसार चालु आवको असोज मशान्तसम्म विद्युत बिक्रीसँगै ब्याज तथा अन्य आम्दानी समेत कुल आम्दानी रकम ३२ अर्ब ९८ करोड २१ लाख ७७ हजार रहेको छ ।

जसमा जमा खर्च २४ अर्ब ४८ करोड ८ लाख ६० हजार हुने देखिएको छ भने अप्रशोधित नाफा ८ अर्ब ५० करोड १३ लाख १६ हजार हुने प्राधिकरणको अनुमान रहेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले भारततर्फ कुल ४९ करोड ३० लाख युनिट विद्युत निर्यात गरेको थियो भने १ खर्ब ५४ करोड ३० लाख युनिट आयात गरेको थियो ।

गत वर्ष कात्तिकमा भारतसँग विद्युत व्यापार खुलेसँगै नेपालले विद्युतको निर्यात बढाएको थियो । गत वर्ष भारतबाट विद्युत आयात गर्दा १५ अबृ ४६ करोड ६० लाख भुक्तानी गरेको छ भने निर्यात गरेवापत ३ अर्ब ८८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।


क्लिकमान्डु